सुनसरीको हरिनगरामा दुई समूहबीच विवाद, प्रहरीको गोली लागेर दुईजना घाइते

सुनसरीको हरिनगरामा दुई समूहबीच विवाद, प्रहरीको गोली लागेर दुईजना घाइते
तस्बिर : अन्नपूर्ण

धरान : सुनसरीको हरिनगरा गाउँपालिकामा दुई समूहबीच भएको विवाद भएको छ। बिहीबार दुई युवाको व्यक्तिगत झगडालाई लिएर यहाँ बसोबास गर्ने समुदायहरू विवादमा तानिएका छन्।

दुई युवाहरूको झगडाले ठूलोरुप लिएपछि सुनसरीको हरिनगरा गाउँपालिका र देवानगन्ज गाउँपालिकामा शुक्रबार १२ बजेदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालिन कर्फ्यु लगाएको छ ।

कर्फ्यु लगाएको समयामा फरक समुदायका व्यक्तिहरू एकअर्कामाथि आक्रमणमा उत्रिएपछि भीड नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्।  घाइतेहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। 

बिहीबार एक समूहले जीवन मेहतालाई कुटपिट गरेपछि विवाद सुरु भएको हो । घाइते मेहताको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । 

कर्फ्यु  उलंघन गर्दै ५ हजार भन्दा बढिको संख्यामा एक अर्कामा आक्रमणमा उत्रिएपछि भिड नियन्त्रणका लागि प्रहरीले दर्जनौं हवाई फायर र अश्रुग्यास प्रहार गरेको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए ।

उनले कानुन विपरीत काम गर्नेहरूलाई पक्राउ गरी कडा कारवाही गर्ने बताए। एसपी बिपिनले भीड नियन्त्रणका लागि दुबै समुदायका अग्रजहरूलाई बोलाएर घटना साम्य पार्ने प्रयास भइरहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.