धनगढी उपमहानगरभित्रका सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

धनगढी उपमहानगरभित्रका सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका भुस्याहा कुकुरहरूको बन्ध्याकरण सुरु गरेको छ। शुक्रबारदेखि सुरु भएको कार्यक्रममा नगर क्षेत्रका ३ सय सामुदायिक (भुस्याहा) कुकुरहरूको बन्ध्याकरण गरिने उपमहानगरले जनाएको छ।

नगर क्षेत्रमा छाडा छोडिएका कुकुरको उपमहानगरपालिकाले चार दिनसम्म बन्ध्याकरण गर्नेछ। नगरपालिका परिसरमा तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशु सेवा शाखा प्रमुख डाक्टर समीरकुमार ठाकुरले बताए। ‘यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिनेछ। चैत २३ देखि २६ गतेसम्म बन्ध्याकरण गरिनेछ’, डाक्टर ठाकुरले भने। 

करिब ७ लाख बजेटमा यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने भएको हो। गत वर्ष भने १५० कुकुरको बन्ध्याकरण गरिएको थियो। उपमहानगरपालिकाले हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै आएको छ। गत वर्ष १५० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएकोमा यो वर्ष दोब्बर संख्यामा कुकुरको बन्ध्याकरण गरिने डाक्टर ठाकुरले बताए। 

सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र कुकुरबाट हुने समस्या रोक्न हरेक वर्ष बन्ध्याकरण शिविर आयोजना गरिँदै आएको छ। हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्न बजेट बढाउँदै लग्ने र समुदायमा रहेका छाडा कुकुरहरूको संख्या नियन्त्रण गर्ने उपमहानगरपालिकाको उद्देश्य रहेको पशु सेवा शाखा प्रमुख प्रमुख ठाकुरले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.