काठमाडौं : नेपाली राष्ट्रिय टोलीले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको हो।
गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको उपाधि भिडन्तमा कप्तान पौडेलले सर्वाधिक ७४ रन बनाए। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७४ रन बनाएका भए।
ओपनर आशिफ शेख ३४ रन, कुशल मल्ल ३१ रन, कुशल भुर्तेल १९ रन बनाए। अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्।
गुजरातका लागि जयमित पटेल, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक-एक विकेट लिए। गुजरातले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।