एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले जित्यो उपाधि

एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले जित्यो उपाधि
तस्बिर : क्यान

काठमाडौं : गुजरातविरुद्धको एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा नेपाल १८ रनले विजयी भएको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको थियो। जवाफि ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाएसँगै नेपालले उपाधि जितेको हो।

त्यस अगाडि गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा भिडन्तमा कप्तान पौडेलले सर्वाधिक ७४ रन बनाए। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७४ रन बनाएका भए।

null

ओपनर आशिफ शेख ३४ रन,  कुशल मल्ल ३१ रन, कुशल भुर्तेल १९ रन बनाए। अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्। 

गुजरातका लागि जयमित पटेल, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक-एक विकेट लिए। 

नेपाली क्रिकेट टोली  प्रिमियर कप खेल्न भारतबाट अब सिधै ओमानतर्फ प्रस्थान गर्नेछ। प्रिमियर कपमा नेपाल रहेको समूहमा मलेसिया, हंगकंग, साउदी अरेबिया र कतार रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.