अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रवर्द्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन्। तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको हो। 

तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिना २ वटै आयोजनाको भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेको, विद्युतगृहमा उपकरण जडान र प्रशारण लाइन निर्माणलाई तीव्रता दिएको बताए। ‘४ हजार ९०० मिटर लामो सुरुङको ब्रेक थ्रु भइसकेको अपर राहुघाटको सन् २०२५ को जुन महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य सहित बाँध निर्माणलाई पूर्णता दिन केन्द्रित भएका छौं,’ उनले भने ‘सन् २०२४ को डिसेम्बर मा विद्युत उत्पादन गर्ने तयारी गरिएको मंगले राहुघाटको ५ हजार ३२८ मिटर लामो सुरुङ यही महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौं।’ 

दुई वटै आयोजना २०७७ सालदेखि निर्माण सुरु भएको थियो। राहुघाट मंगलेको सुरुङ निर्माण गर्न १५ मिटर मात्र बाँकी छ। बन्दीमा बाँध निर्माणको काम ९७ प्रतिशत सकिएको छ। आउटलेटदेखि चिमखोलाको बगरमा निर्माणाधीन विद्युतगृहमा ९०० मिटर लामो र ३५० मिटर उचाइमा पेनस्टकपाइपलाइन जडान गर्ने काम जारी छ। 

६५० मिटर पेनस्टक पाइप जडान भएको छ। ९५ प्रतिशत भौतिक प्रगति भएको विद्युगतृहमा उपकरण जडान भइरहेको छ। मंगले राहुघाटको विद्युतगृह नजिकै अपर राहुघाटको बाँध निर्माणको काम ५० प्रतिशत सकिएको छ। ६ महिनाअघि ब्रेक थ्रु भएको अपर राहुघाटको सुरुङलाई फिनिसिङ भैरहेका छ। 

आउटलेटदेखि विद्युतगृहसम्म पेनष्टक पाइपलाइन र विद्युतगृहमा उपकरण जडानलाई तीव्रता दिएको इञ्जिनियर तिमिल्सिना बताए। दुईवटै आयोजना निर्माणमा करिब १४ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। 

उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशनदेखि चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर दूरीको प्रशारण लाइन बनाउन थालिएको छ। ४९ वटा मध्य १७ वटा टावर खडा भएको, ८ वटाको जग खनिएको र बाँकी निर्माणाधीन रहेका छन्। 

नेपाल विद्युत प्राधिकरणले अम्बाङमा सवस्टेशन निर्माणमा ढिलाई गरेकाले वैकल्पिक माध्यमबाट विद्युत राष्ट्रिय प्रशारणमा आवद्ध गराउने तयारी गरिएको छ। राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेका छन्। 

राहुघाट नदीमै नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ। राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.