टी-२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक

टी-२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टी-२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिकरेका हुन्। क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको नयाँ जर्सी प्रयोग गर्ने छ। 

कार्यक्रममा खेलकुदमन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सरकारले पछिल्लो समय निरन्तर काम गरिरहेको बताए। खेलकुदमा निजी क्षेत्रलाई पनि आवद्धता गर्न छलफल सुरु भइसकेको उनले बताए। मन्त्री श्रेष्ठले सबै जिम्मेवार र इमान्दारीपूर्वक अघि बढे यसमा निकै सुधार गर्न सकिने बताए। त्यस्तै राखेप सदस्यसचिव घिसिङले विश्वकपका लागि तयारी गर्न बजेटको कुनै कमी हुन नदिने बताए।

टी-२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो। विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदैछन्। नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.