बाउन्स चेकको उजुरी बढ्यो

बाउन्स चेकको उजुरी बढ्यो

परासी : नवलपरासीमा चेक अनादर (बाउन्स)का उजुरी बढेको छ। उजुरी बढेसँगै प्रहरीले १० लाखदेखि माथिको चेक रकमको स्रोत खोज्न सुरु गरेको छ। 

प्रहरीले १० लाखदेखि माथिका चेक बाउन्सको उजुरी लिएर आउने व्यक्तिहरूसँग त्यसको स्रोत पुष्टि गर्न लगाउन सुरु गरेको हो। ‘१० लाखदेखि माथिको चेक बाउन्सको उजुरी लिएर आउनेसँग व्यापार, व्यवसाय, घर जग्गा बिक्री वा कहाँबाट आर्जन गरी रकम सापट दिइएको थियो भन्नेको प्रमाण पेश गरेपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाउने गरेका छौं’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले भने। 

यसोगर्दा सापट दिने व्यक्तिले वैध वा अवैध तरिकाबाट रकम दिएको छ भन्नेबारे जानकारी हुने भएकाले पुष्टी हुने प्रमाण खोजेको प्रहरीको भनाइ छ। जिल्लामा सबैभन्दा बढी ४ देखि ५ लाखसम्मका चेक बाउन्सका उजुरी आउने गरेको छ। १० लाखदेखिका माथिका चेक भने कमै आउने गरेको डीएसपी बोहराले बताए। ‘१० लाखदेखि माथिका चेक भएको पनि सुनिएको छ। तर, स्रोत पुष्टि गर्ने प्रमाण नभएकाले होला, कार्यालयमा उजुरी लिएर आउँदैनन्’, डीएसपी बोहराले भने। आर्थिक मन्दीका कारण पनि चेक बाउन्सका उजुरी बढेको हुन सक्ने आकलन गरिएको छ। 

प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको अहिलेसम्म ५७ वटा चेक बाउन्सका उजुरी दर्ता भएका छन्। अघिल्लो वर्ष २० वटा उजुरी परेका थिए। जिल्लाबाटै चेक अनादरको मुद्दा किनारा लाग्ने भएसँगै उजुरीको संख्या बढेको डीएसपी बोहोराले बताए। उजुरी सँगै जिल्लामा मिलापत्रका लागि समेत निवेदन पर्ने गरेका छन्। 

हालसम्म १५/१६ वटा मिलापत्रका लागि निवेदन आएको प्रहरी कार्यालयले जनाएको छ। खातामा पर्याप्त रकम नभईकन पनि जानाजान चेक काटेर तीन पटकसम्ममा भुक्तान नभए चेक बाउन्सको प्रक्रिया अघि बढ्ने गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.