मेची भन्सारबाट जाँचपास भएर निस्किएका दुईवटा ट्रक नियन्त्रण

मेची भन्सारबाट जाँचपास भएर निस्किएका दुईवटा ट्रक नियन्त्रण

झापा : काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका दुईवटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएको ट्रक आवश्यक कारबाहीका लागि मंगलबार दिउँसो राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सोमबार राति धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र पीबी २३ टी ३४६५ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको थियो। ट्रकमा भारतीय सेनाबाट अवकाश भएका १० जना नेपालीको सरसामान रहेका छन्। उनीहरूले प्रयोग गरिएका पुराना इलेकट्रोनिक्स सामानहरू लिएर घर फर्किँदै थिए। 

उनीहरू सबैको घर पश्चिम हो। यात्रु शाखाबाट पुराना सरसामानको जाँचपास गराए बापत १० जनाको नाममा छुटाछुटै प्रज्ञापनपत्र बनाएर ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापन पत्रहरू प्रहरीले फेला पारेको छ। तर, ट्रकभित्र पुराना इलेकट्रोनिक्स सामानसहित केही नयाँ इलेकट्रोनिक्स सामानहरू रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले दुवै ट्रक अनुसन्धानका लागि राजश्व पठाइसकेको एसपी केसीले बताए।

राजश्वका कर्मचारीले ट्रकभित्र रहेका सरसामानहरू खोलेर छानबिन गरेपछि मात्र कति सामान बढी ल्याएको भनेर खुल्ने उनको भनाइ छ। दुवै ट्रकमा रहेको सामान भन्सार कर्मचारीले सोमबार साँझ ७ बजेर ३५ मिनेट राजश्व तिराएको प्रज्ञापन पत्रमा उल्लेख छ। १० जनाको प्रज्ञापन पत्र भए पनि तीन जना मात्र भन्सारमा उपस्थिति थिए। त्यसमध्ये एक जनाले तीन तिहाइ सामानमध्ये एक तिहाइ सामान नयाँ रहेको प्रहरी समक्ष बयान दिएका छन्। भन्सार जाँचकीमा खटिएका कर्मचारीले आर्थिक चलखेल गरी नयाँ सामानलाई पुरानो भनेर प्रज्ञापन पत्र कटाएर पठाएको स्रोतको दाबी छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.