बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्धा

५ करोड बढी भ्रष्टाचार गरेको आरोप

बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्धा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ। आयोगले  बुधबार विशेष अदालतमा थापाविरुद्ध मुद्धा दायर गरेको हो। 

मेयर थापाविरुद्ध स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि सो सम्बन्धमा अनुसन्धान भएको थियो।

छानविनका क्रममा थापा सार्वजनिक पदमा रहँदा आर्जन भएको ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ अठ्‍चालीस पैसाको वैधानिक स्रोत खुल्न आएको छ। त्यस्तै सोही समयमा उनले १३ करोड २० लाख ३ हजार ३९१ रुपैयाँ १४ पैसा खर्च तथा लगानी गरेको देखिन्छ।

निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबिच तादाम्यता नदेखिएकोले उनले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ ६६ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको देखिएको आयोगले जनाएको छ।

 मेयर थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएकोले निजलाई बिगो 
५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ ६६ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुनका साथै निजले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत/असुल उपर हुन मागदाबी लिइएको छ आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मेयर थापाले पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट परिवारका सदस्यहरु श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाई बुहारी द्वारीका राउतको नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पूरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ रेश्मी कुमारी घिमिरे थापा, राम कुमार थापा र द्वारिका राउतलाई प्रतिवादी कायम गरिने भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.