छुटे मेडिकल कलेजका एमडी अन्सारी र ल्याबप्रमुख साह

छुटे मेडिकल कलेजका एमडी अन्सारी र ल्याबप्रमुख साह
सुन्नुहोस्

वीरगन्ज : सोमबार पक्राउ परेका वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) शहनवाज अन्सारी र ल्याब प्रमुख डाक्टर सन्जय साहलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।

गत सोमबार मेडिकल कलेजको ल्याबमा वीरगन्ज महानगरको अनुगमन समितिले अनुगमन गर्ने क्रममा म्याद सकिएका केमिकल लगायतका औषधी बरामद भएपछि प्रहरीले मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख डाक्टर साहलाई पक्राउ गरेको थियो ।

बुधबार राती प्रहरीले दुवै जनालाई हाजिरी जमानीमा रिहा गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।सरकारी वकिलको सहमतिमा दुवैलाई हाजिरी जमानीमा बुधबार राती उनीहरुको आफन्तको जिम्मा लगाएर पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।


सोमबार मेडिकल कलेजबाटै नियन्त्रणमा लिएको प्रहरीले अन्सारी र साहविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्ध मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । उपभोक्ता हित मञ्चका सचिव सुनिल श्रेष्ठले दिएको उजुरीका आधारमा प्रहरीले कालोबजारी तथा केहीअन्यसामाजिक अपराधविरुद्ध मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

मंगलबार पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप लिएको प्रहरीले बुधबार फेरि अदालतमा पेश गरी पुन पाँच दिनको म्याद थप अनुमति लिएको थियो ।

गत सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएका एमडी अन्सारीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राती उनलाई सुरुमा प्रहरीले नारायणी अस्पतालमा लगेको थियो ।तर त्यहाँका चिकित्सकले आइसियु बेड खाली नभएको भन्दै अन्सारीलाई अन्यत्रको अस्पतालमा रेफर गरेपछि अन्सारीलाई सोमबार राति नै वीरगन्जको नेपाल मेडिसिटी बयोधा हस्पिटलमा लगेर प्रहरीले भर्ना गराएको थियो । बयोधा अस्पतालमा उपचारका क्रममा अन्सारीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि सोमबार नै मध्यरातमा उनलाई वीरगन्जकै वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगेर भर्ना गरेर प्रहरीले उपचार गराई रहेको थियो ।

बुधबार राति प्रहरीले हाजिरी जमानीमा रिहा गरेपछि अन्सारीलाई उनका आफन्तले अस्पतालबाट घर लिएर गएको प्रहरी श्रोतले बताएको छ।

यसअघि मंगलबार नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै अन्सारी र साहलाई ससम्मान रिहा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको थियो भने मंगलबार नै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले दुवै जनाको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन पनि गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.