धनगढी उपमहानगरमा आधारभूत तहको नतिजामा सुधार

धनगढी उपमहानगरमा आधारभूत तहको नतिजामा सुधार
सुन्नुहोस्

धनगढी : धनगढी उपमहानगरपालिका भित्रका आधारभूत तहका विद्यालय (कक्षा ८) को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजा अनुसार गत शैक्षिक सत्रको भन्दा ४ गुणाले राम्रो नतिजा आएको छ। गत वर्ष कक्षा ८ को परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको उपमहानगरको शिक्षा शाखाले जनाएको छ।

गत वर्ष १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएकोमा यो वर्ष कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य आएन। शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए। ‘यो वर्ष गत वर्षको तुलनामा कक्षा ८ को परीक्षाको नतिजामा सुधार देखिएको छ’, खातीले भने।

यो वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थीले  कक्षा ८ को परीक्षा दिएका थिए। ती मध्ये एक हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन्। धनगढीका सामुदायिक विद्यालयमा अधिकतम ६५ दशमलव ७८ र न्यूनतम ७ दशमलव ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालयका सर्वाधिक ६५ दशमलव ७८ प्रतिशत विद्यार्थी पास भएका छन्। बेहडाबाबा माध्यमिक विद्यालयका ७६ मध्ये ५० जना विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएका हुन्। 

धनगढी–३ को त्रिभुवन माध्यमिक विद्यालयको ६० प्रतिशत नतिजा आएको छ भने सिद्धनाथ माध्यमिक  विद्यालय जुगेडाका ५८ दशमलव ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसैगरी, राष्ट्रिय माध्यमिक विद्यालय उर्माबाट ५५ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो वर्ष शिक्षक, अभिभावक र विद्यार्थीले समेत मेहनत गर्दा नतिजामा सुधार आएको शिक्षा महाशाखा प्रमुख खातीले बताए।

गत वर्ष शून्य नतिजा हासिल गरेका विद्यालयहरूको नतिजा निकै राम्रो आएको छ। ‘दिवा छात्रावास तथा अतिरिक्त कक्षा समेत चलाएर वर्षभरी पठनपाठन गरिएकाले गत वर्ष कमजोर देखिएका विद्यालयमा व्यापक सुधार भएको छ’, खातीले भने। गत वर्ष शून्य नतिजा हासिल गरेको धनगढी–१२ जुगेडाको दुर्गा आधारभूत विद्यालयको यो वर्ष उत्तीर्ण प्रतिशत बढेर ५१ दशमलव ४२ प्रतिशत पुगेको छ। यस्तै, शून्य नतिजा आएको धनगढी–१० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयका ४८ दशमलव ८७ र धनगढी–१३ श्रीलंकाको नवज्योति आधारभूत विद्यालयका ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

सामुदायिक र संस्थागत विद्यालयको प्रतिशत भने ५२ रहेको छ। गत वर्षदेखि धनगढीमा आधारभूत तहको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो। यो वर्ष उपमहानगरपालिकाले नियमित विद्यालयको अनुगमन गरेको, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीले समेत मेहनत गरेकाले नतिजामा सुधार आएको बताइएको छ।

धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा सुधार ल्याउन नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम समेत लागु गरेको छ। यो वर्ष सामुदायिक विद्यालयहरूले दिवा छात्रावास र अतिरिक्त कक्षा सञ्चालन गरेर सामुदायिक विद्यालयहरूले पठनपाठन गराएकाले आधारभूत तहको नतिजामा सुधार आएको उपमहानगरपालिकाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.