धार्मिक सहिष्णुता बिथोल्न खोज्नेलाई कारबाही गर्न वीरगन्जका मुस्लिम अगुवाहरूको माग

धार्मिक सहिष्णुता बिथोल्न खोज्नेलाई कारबाही गर्न वीरगन्जका मुस्लिम अगुवाहरूको माग
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जका मुस्लिम धर्मावलम्बीले समाजमा धार्मिक सहिष्णुता र सामाजिक सद्‌भाव बिथोल्न खोज्नेहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। 

नेपाली मुस्लिम समाज पर्साले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका मुस्लिम समाजका अगुवाहरूले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापनपत्र बुझाएका हुन्। 

केही समययता मुस्लिम धर्मावलम्बीमाथि आक्रमण गर्ने खालका खबरहरू विभिन्न माध्यम मार्फत आइरहेकाले त्यसमा संलग्नहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग आफूहरूको रहेको ज्ञापनपत्र बुझाउन गएका मुस्लिम अगुवा जफर अन्सारीले बताए। 

उक्त ज्ञापनपत्रमा लेखिएको छ, ‘नेपालका मुस्लिम समुदायले सामाजिक हित, राष्ट्रहित, लोकतन्त्र र परिवर्तनका लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्दै सरकारले पनि मुस्लिमसँग सौतेलो व्यवहार गरेको छ। रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरू लेखेर मुस्लिम समुदायलाई अपमानित गरिएको छ। २८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको छ। दासको अभिव्यक्तिले वर्तमान नेपाली समाजमा कलह र अशान्तिको वातावरण सृजना गरेको छ।’

तसर्थ मुस्लिम समुदायका ईश्वरीय दुत पैगम्बर मुहमदको चरित्र हत्या गर्ने व्यक्तिउपर आवश्यक कानुनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरिएको टोलीमा सहभागी मुस्लिम अगुवा आबिद हुसेनले बताए। मुस्लिम समुदायको जिउज्यानको सुरक्षा गर्न तथा मस्जिद, मदर्सा लगायतका धार्मिकस्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको उनले बताए।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी , मुस्लिम समाजका अगुवाहरू जफर अंसारी, आबिद हुसेन, मेहबुब अलि, रेयाज अहमद, शेष मन्सुर, अनवर हुसेन, अब्बास मंसुरी लगायतको सहभागिता थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.