कतारविरुद्ध आशिफको अर्धशतक प्रहार, नेपालको पाँचौं विकेट पतन
काठमाडौं : कतारविरुद्ध आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। उनले ३९ बलमा ६ चौकासहित अर्धशतक बनाएका हुन्। अर्धशतक बनाउनुअघि उनले धेरैपटक जीवनदान पाएका थिए।
त्यस्तै नेपालको पाँचौं विकेट झरेको छ। सन्दीप जोरा ७ रन बनाएर आउट भएका छन्। त्यसअघि आशिफ ५२ रन बनाएर भने पेभेलियन फर्किएका थिए।
त्यस्तै कुशल मल्ल ३५ रन बनाएर आउट भए। उनले १८ बल मा २ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यसअघि रोहित पौडेल १८ रन र कुशल भुर्तेल १२ रन बनाएर आउट भएका थिए।
एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कताविरुद्ध पहिले ब्याटिङ गर्दैछ। ओमानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो। १६ ओभरको समाप्तिमा नेपालले ५ विकेटको क्षतिमा १४० रन बनाएर खेलिरहेको छ।