उदयपुरका तीन पालिकामा प्रहरीका सुविधा सम्पन्न भवन निर्माण
उदयपुर : उदयपुरका तीन पालिकामा प्रहरीका सुविधा सम्पन्न भवन निर्माण भएका छन्। ग्रामीण भेगका जनतालाई शान्ति सुरक्षामा सहजता पुर्याउने उद्देश्यले लिम्चुङबुङ गाउँपालिका–२ बारहामा इलाका प्रहरी कार्यालय (ख), ताप्ली गाउँपालिका–५ रुपाटार र कटारी नगरपालिका–९ सोरुङछविसे (बतासे)मा प्रहरी चौकीका भवन निर्माण भएका हुन्।
यसअघि तीन वटै प्रहरी कार्यालय भाँडाको घरमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार लिम्चुङबुङ गाउँपालिकाभरी हेर्ने गरी पहिलो पटक इप्रका स्थापना गरिएको हो।
ताप्ली गाउँपालिकामा भने यो समेत दुई वटा प्रहरी चौकी स्थापना भएका हुन्। यस अघि वडा नम्बर ३ इनामेमा प्रहरी चौकी स्थापना भइसकेको छ। पालिका केन्द्र रुपाटारमा स्थापना गरिएको प्रहरी चौकी २०५१ सालमा स्थापना भए पनि द्वन्द्वका क्रममा चौकी विस्थापित भएको थियो।
एसपी थापाका अनुसार लिम्चुङबुङमा १ करोड २४ लाख ८१ हजार ६४९ रुपैयाँ, रुपाटारमा १ करोड ११ लाख १८ हजार ७४९ रुपैयाँ र सोरुङछविसेमा १ करोड ५२ लाख ५३ हजार १३९ रुपैयाँमा ब्यारेक, कार्यालय, महिला र पुरुषका अलग–अलग हिरासत कक्षसहित भवन निर्माण भएका हुन्।
नवनिर्मित भवनको एक समारोहका बीच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राई र कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) चन्द्रकुवेर खापुङले गरेका छन्। एआइजी राईले इलाका प्रहरी कार्यालय लिम्चुङबुङ र डिआइजी खापुङले प्रहरी चौकी सोरुङ र रुपाटारको भवन उद्घाटन गरेका हुन्।