राजावादीलाई देउवाले भने- राजा फर्काउन सम्भव छैन, संविधानका कमजोरी सुधार्छौं

राजावादीलाई देउवाले भने- राजा फर्काउन सम्भव छैन, संविधानका कमजोरी सुधार्छौं
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तित व्यवस्थालाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। पूर्वप्रधानमन्त्री तथा संविधानसभा सदस्य स्वर्गीय सूर्य बहादुर थापाको नवौं स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले मुलुकको परिवर्तनलाई उल्टाउने प्रयास भइरहेको भन्दै अहिलेको व्यवस्थालाई बलियो बनाउँदै सर्वस्वीकार्य बनाउनुपर्ने बताएका हुन्। 

राजतन्त्रलाई हटाएर मुलुकमा गणतन्त्र स्थापित पछि केहि मान्छेहरू राजा फर्काउन भन्दै हिँडिरहेको उल्लेख गर्दै देउवाले राजा फर्काउने कुरा सम्भव नरहेको धारणा राखे । सभापति देउवाले दलहरूबीच सहमति र सहकार्यका साथ संविधानमा देखिएका कमी कमजोरीलाई सुधार गर्न सकिने बताए।

उनले मुलुकको परिवर्तनमा स्वर्गीय थापाले खेलेको भूमिकाको चर्चा गरे।

राप्रपाले हिन्दु राष्ट्र कायम गर्नुपर्ने र राजसंस्था पुनरस्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ। उसले सरकारलाई ४० बुँदै मागपत्र समेत बुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.