निखिलको निर्णायक गोलमा कोशीले जित्यो स्वर्ण, बागमती उपविजेतामा सीमित

निखिलको निर्णायक गोलमा कोशीले जित्यो स्वर्ण, बागमती उपविजेतामा सीमित
सुन्नुहोस्

चितवन : चितवनको भरतपुरमा सम्पन्न प्रथम संस्करणको अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलतर्फ कोशी प्रदेशले स्वर्ण पदक जितेको छ। आइतबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा भएको फाइनल खेलमा बागमतीमाथि १-० गोलको जित निकाल्दै कोशीले उपाधि उचालेको हो।

कोशीको जितमा निखिल तामाङले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ४५औं मिनेटमा निखिलले गोल गर्दै कोशीलाई 'गोल्ड' दिलाए। गोलकर्ता निखिल म्यान अफ द म्याच ठहरिए।

प्रतियोगिताअन्तर्गत अरू खेल चितवनका विभिन्न स्थानमा भए पनि पुरुष फुटबल भने हेटौंडामा भएको थियो। बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको समापन पनि फुटबलको फाइनलसँगै भएको छ।

गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि पनि कोशीले नै जितेको थियो। शनिबार भरतपुर महानगरपालिका-१९ स्थित बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा भएको खेलमा कोशीले सुदूरपश्चिमलाई २-० गोलले हराएर स्वर्ण जितेको थियो। कोशीको जितमा जेनिफर मगर र समीक्षा मगरले एक-एक गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.