सांसदलाई ओलीको निर्देशन : संसदीय समिति बैठकमा अनिवार्य उपस्थित हुनु, प्रभावकारी भूमिका खेल्नू

सांसदलाई ओलीको निर्देशन : संसदीय समिति बैठकमा अनिवार्य उपस्थित हुनु, प्रभावकारी भूमिका खेल्नू

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति बैठकमा प्रभावकारी भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। सोमबार एमालेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सबै समिति बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन्।

'माननीयज्यूहरूलाई भन्न चाहन्छु। समितिका बैठकहरू बसिरहेका हुन्छन्। समितिका बैठकमा हाम्रो भूमिका प्रभावकारी हुनुपर्छ। हाम्रो सहभागी सक्रिय हुनुपर्छ। संसदको भोलि इतिहासमा गएर हेर्दा पनि संसदको गरीमा यस्तो पो गरेको रहेछ भन्ने अवस्था नबनोस्। पहिले नै यो बुद्धि पुर्‍याएर काम गर्नुहोला। कहिले कहिले स्वार्थ समूहले प्रभावित गर्छ। स्वार्थ समूहलाई हामीले बुझ्नु, सुन्नु आवश्यक हुन्छ। काम फेरि उनीहरूसँग गर्ने हो। हामीले बनाउने कानुन पनि तीमार्फत बनाउने हो,'ओलीले भने,' अर्को कुरा के भने उनीहरूले आफ्नो संकीर्ण हित हेरेका हुन्छन्। उनीहरूका हितहरू हावी भए राष्ट्रिय हितहरू ओझेलमा नपरुन भनेर हामीले सोच्नुपर्छ।  समितिमा छलफल गर्दा होस् वा अन्य काम गर्दा ध्यान दिनुपर्छ।'

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.