गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ। 

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडि मशाल जुलुससहित प्रदर्शन गरेका हुन्। उनीहरूले रवि लामिछानेको पुत्ला दहनसमेत गरेका छन्।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर्नुपर्नेलगायका नारा लगाएका थिए। सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्न सरकार नमानेको र सरकारले सहकारी ठगहरूलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए। नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.