शिक्षालाई निशुल्क बनाउनुपर्ने मागसहित नेविसंघले बुझायो ज्ञापन पत्र

शिक्षालाई निशुल्क बनाउनुपर्ने मागसहित नेविसंघले बुझायो ज्ञापन पत्र
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ। 

आफ्नो ५५औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझावसहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो। 

काठमाडौंमा नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशीलगायतका विद्यार्थीहरूले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलााई ज्ञापन पत्र बुझएका थिए। उनीहरूले विद्यालय शिक्षालाई पूर्णरूपमा निशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट वृद्धि गर्नुपर्ने माग राखेका छन्। 

त्यस्तै ज्ञापन पत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिकभन्दा कम नहुने गरी भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशीले बताए।

त्यस्तै १७ बुँदे माग पत्रमा प्रविधिमार्फत बालबालिकामाथि हुने उत्पीडन एवं दुर्व्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुर्व्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्नेलगायत माग उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.