कैलालीको मोहन्यालबाहेक सुदूरपश्चिममा पढाइ हुनुअघि पुगे पाठ्यपुस्तक

कैलालीको मोहन्यालबाहेक सुदूरपश्चिममा पढाइ हुनुअघि पुगे पाठ्यपुस्तक
सुन्नुहोस्

धनगढी : कैलालीको मोहन्याद गाउँपालिकाबाहेक सुदूरपश्चिममा यसवर्ष पढाइ सुरु हुनुअघि नै पाठ्यपुस्तक पुगेका छन्। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले दिएको जानकारीअनुसार बुधबार बेलुकीसम्म सुदूरपश्चिममा ९ वटै जिल्लामा १५ लाख ३६ हजार पाठ्यपुस्तक पुगेका हुन्।

जनक शिक्षा सामाग्री केन्द्र धनगढीका प्रमुख राम बहादुर कुवरले कैलालीको मोहन्याल गाउँपालिकाले आफैं पाठ्यपुस्तक किन्ने भनेपछि त्यहाँ पाठ्यपुस्तक गएका छैनन्। पाठ्यपुस्तक बिक्रेताहरूले मोहन्यालले विद्यालयहरूका खातामा रकम नहालेका कारण त्यहाँ पाठ्यपुस्तक नपुगेको बताएका छन्। ‘मोहन्यालका २० विद्यालयका पुस्तक मैले आपूर्ति गर्दै आएको छु तर अहिलेसम्म पालिकाले विद्यालयका नाममा रकम निकासा नगरेका कारण पुस्तक किन्न सकिएको छैन’, लम्कीमा रहेको जनक शिक्षा सामग्रीको आधिकारिक बिक्रेता तुर्ज बहादुर बोगटीले भने। 

मोहन्याल गाउँपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले विद्यालयहरूको खातामा रकम हालेका छैनन्। ‘लम्की चुहा र जानकीको पाठ्यपुस्तक त आफ्नै रकममा किनेर वितरण गरियो, तर भुक्तानी भएको छैन। मोहन्यालले आफैं पुस्तक किन्ने भनेकाले लगानी गरिएन’, लम्कीका पुस्तक व्यवसायी बोगटीले भने। 

उनले लम्कीचुहा र जानकीले रकम निकासाको प्रक्रियामा रहेको र पुस्तक ल्याउन भनेपछि आफूले लगानी गरेको बताए। तर मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने विद्यालयहरूले पठाएको विद्यार्थीहरूको संख्या बढी भएको पाइएकाले पालिकाले रकम निकासा नगरेको जनाएको छ। ‘हामीले चैतको २८ गतेसम्म विद्यार्थीहरूको विवरण माग गरेका थियौं, तर धेरै विद्यालयले बुझाएनन्। हामीले आफैं किनेर दिने योजना बनाएका थियौं, त्यो पनि जनक शिक्षाले मिल्दैन भनेपछि अब रकम निकासाको प्रक्रियामा छ’, अध्यक्ष उपाध्यायले भने।

उनले विद्यालयहरूले रकमका लागि विद्यार्थीको संख्या बढाएको पाइएकाले शिक्षा शाखाबाट छानवीन समिति गठन भएको पनि बताए। ‘हामीले विद्यार्थीको एकीन संख्याका लागि समिति गठन गरेका थियौं, त्यसको प्रतिवेदन पनि आइसकेको छ। अब त्यही प्रतिवेदनका आधारमा विद्यालयमा रकम निकासा गर्छौं।’ उपाध्यायले भने। उनले पढाइ सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक वितरण गराइसक्ने दाबी गरे।

बुधबार बेलुकीसम्म सुदूरपश्चिमका कैलालीमा ३ लाख ३६ हजार, कञ्चनपुरका २ लाख ७० हजार, डडेलधुरामा ८५ हजार, डोटीमा १ लाख २५ हजार, बैतडीमा १ लाख ६२ हजार, अछाममा १ लाख ५३ हजार, बझाङमा १ लाख ५५ हजार, दार्चुलामा १ लाख २५ हजार र बाजुरामा १ लाख २२ हजार गरी १५ लाख ३६ हजार पाठ्यपुस्तक बिक्री भईसकेका जनक शिक्षाले जनाएको छ।

‘कैलालीको मोहन्याल बाहेक अरू स्थानीय तहमा पनि केही विद्यालयका पाठ्यपुस्तक  गएका छैनन्। धनगढीमै पनि पाठ्यपुस्तक पूरा भएका छैनन्, नजिक भएकाले र सहज रुपमा पाउन थालेपछि यस्तो भएको हुनुपर्छ। दुर्गममा भने सबै विद्यालयमा पाठ्यपुस्तक  पुगिसकेका छन्’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुँवरले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.