लागुऔषधसहित दुईजना कारोबारी पक्राउ
धरान : लागुऔषध खैरो हिरोइनसहित सुनसरी प्रहरीले दुईजना कारोबारीलाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ स्थित भन्सार टोलबाट उनीहरू पक्राउ परेका हुन् ।
पकाउ पर्नेमा रामधुनी गाउँपालिका-३ का ३१ वर्षीय सबिन चौधरी र कोशी गाउँपालिका- १ का १९ वर्षीय रन्जनकुमार यादब रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए।
उनीहरूको साथबाट लागुऔषध ओसारपसारमा प्रयोग गरिएको प्रदेश १-०२-०४७ प ४४६९ नम्बरको मोटरसाइकल र १ ग्राम २ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको उनले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए ।