विकास, समृद्धि र सुशासनको अभिभारा पूरा गर्न एमालेको नेतृत्व अपरिहार्य : ओली

विकास, समृद्धि र सुशासनको अभिभारा पूरा गर्न एमालेको नेतृत्व अपरिहार्य : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  समाजवाद निर्माणको अभिभार पूरा गर्ने कार्यभार एमालेको रहेको बताएका छन्।

गोदावरीस्थित सनराइज हलमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै समाजवाद प्राप्तिका लागि शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक रुपमा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै राष्ट्रिय पुँजी निर्माण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

पार्टी कमिटी राज्य सञ्चालन गर्न अम्बल बन्नु र जनतामाझ लोकप्रिय बन्नु अहिलेको आवश्यकता रहेको बताए। उनले पार्टी सदस्य नवीकरण र अभिलेख व्यवस्थापन चुस्त भएको बताए। 

ओलीले ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा विकास, समृद्धि र सुशासनको अभिभारा पूरा गर्न मुलुकमा एमालेको नेतृत्व  आवश्यकता रहेको जनभावना प्रकट भएको दाबी गरे। उनले भने,‘ राष्ट्रिय हित र स्वाभिमानकाे सम्बर्द्धन गर्न, लोकतन्त्रको रक्षा र विकास गर्न, सामाजिक सद्भाव कायम गर्न, मुलुकमा विकास, समृद्धि र सुशासनको अभिभारा पूरा गर्न एमालेको नेतृत्व अपरिहार्य रहेका आवश्यकता रहेको जनभावना प्रकट भएको छ। ’

उनले  उनले संकल्प यात्राले समाजमा रहेको नकरात्मक भावना हटाउन मद्दत पुगेको स्पष्ट पारे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.