राष्ट्रियसभाकी उपाध्यक्ष घिमिरे एमालेको सबै जिम्मेवारीबाट अलग

नयाँ आउने विधेयकहरु राष्ट्रियसभामा पनि दर्ता गर्नुपर्छ

राष्ट्रियसभाकी उपाध्यक्ष घिमिरे एमालेको सबै जिम्मेवारीबाट अलग
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा पनि केहि विधेयकहरु दर्ता हुनुपर्ने बताएकी छन्। आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग छलफल गर्दै उपाध्यक्ष घिमिरेले राष्ट्रियसभालाई बिजनेशविहीन हुन नदिन अब नयाँ आउने विधेयकहरु राष्ट्रियसभामा पनि दर्ता हुनुपर्ने र यसका लागि छलफल भइरहेको बताएकी हुन्। 

धेरै विधेयकहरु प्रतिनिधिसभामा मात्रै थुप्रिने अवस्था अन्त्य गर्नका लागि पनि केहि विधेयकहरु राष्ट्रियसभामार्फत अघि बढ्नुपर्ने उनको भनाई छ। 

उनले चैत्र २८ गते पदबहाली भएसँग एमालेको सबै जिम्मेवारीबाट अलग भएको जानकारी दिइन्। राष्ट्रियसभाको उपाध्यक्ष पदमा रहँदा संविधान, नियमावलीको परिधिभित्र रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताइन्। त्यस्तै उपाध्यक्ष घिमिरेले महिला सांसदहरु सूचनाबाट टाढा हुने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखिन्।

उनले समावेशी सहभागीताको आधारमा महिलाको हरेक विषयमा पहुँचको सुनिश्चितता हुनुपर्ने बताइन्। घिमिरेले महिला सांसदप्रति सञ्चारमाध्यमले हेर्ने दृष्टिकोणलाई पनि परिवर्तन गर्नुपर्ने सुझाव दिइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.