नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिज 'ए' टोलीमा कस्ता छन् खेलाडीहरू?

नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिज 'ए' टोलीमा कस्ता छन् खेलाडीहरू?

काठमाडौं : नेपाल र वेस्ट इन्डिज 'ए'बीच शनिबारदेखि टी-२०आई शृंखला हुँदैछ। उक्त प्रतियोगिताका लागि वेस्ट इन्डिजले रोस्तन चेजको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। वेस्ट इन्डिजले घोषणा गरेका टोलीका अधिकांश सदस्यहरूले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्।

रोस्तनले क्रिकेटको तीनवटै फर्म्याट खेलिसकेका छन्। उनले ४९ टेस्ट, ४५ ओडीआई र ११ टी-२०आई खेलेका छन्। रोस्तम अन्यभन्दा टेस्टमा जमेका देखिन्छन्। उनले टेस्टमा ५ सतक र ११ अर्थशतकसहित २ हजार २६५ रन बनाएका छन्। त्यस्तै उपकप्तान रहेका अलिक आथानाजेले टेस्ट र ओडीआई खेलेका छन्। उनले ओडीआईमा हालसम्म २ अर्धसतक बनाएका छन्। 

त्यस्तै थुप्रै फ्रेन्चाइज खेलिसकेका फ्याबियन अलेनले २० ओडीआई र ३ टी-२० आई खेलिसकेका छन्। उनले ओडीआईमा ७ र टी-२०आईमा २४ विकेट लिएका छन्। उनले मुम्बई इन्डियन्स, पञ्जाब र हाइदरावादबाट आइपीएलसमेत खेलिसकेका छन्।

त्यस्तै आइपीएलमै कोलकत्ताबाट खेलिसकेका जोह्नसन चार्लीज्ले ओडीआई र टी-२०आईमा राम्रो प्रदर्शन गरेका छन्। ५८ खेलमा उनले १५३७ रन बनाएका छन्। जसमा २ सतक र ७ अर्धशतक रहेका छन्। त्यस्तै ४८ टी-२० आई खेलेका उनले १०८५ रन बनाउँदा १ सतक र ४ अर्धसतक प्रहार गरेका छन्।

त्यस्तै किएसी कार्टीले २२ ओडीआई खेलेर ५७८ रन बनाएका छन्। उनले ३ अर्धसतक प्रहारसमेत गरेका छन्। त्यस्तै फ्रेन्चाइजमा जमेका अन्द्रे फ्लेचरले २५ ओडीआई र ५४ टी-२० आई खेलेका छन्।

त्यस्तै ओबेड मेकोयले २ ओडीई र ३१ टी-२आई खेलेका छन्। उनले ओडीआईमा ४ विकेट र टी-२०आईमा ४१ विकेट लएका छन्। उनले राजस्थान रोयल्सबाट आइपीएलसमेत खेलिसकेका छन्। त्यस्तै तीनवटै फर्म्याट खेलिसकेका बलर गुडाकेश मोटीए पनि टीममा छन्। उनले ५ टेस्ट, १३ ओडीआई र ५ टी-२० आई खेलेका छन्। उनले टेस्टमा २२, ओडीआईमा २२ र टी-२०आईमा ५ विकेट लिएका छन्।

त्यस्तै अलराउन्डरका रूपमा रहेका किमो पलले पनि तीनवटै फर्म्याट खेलिसकेका छन्। बलिङतर्फ उनले २३ टी-२०आई खेलमा २५ विकेट लिएका छन्। ओडीआईमा भने ३४ र टेस्टमा ६ विकेट लिएका छन्।

त्यस्तै राजस्थानबाट आइपीएल खेलिसकेका ओसेन थोमसले ओडीआई र टी-२०आई खेलिसकेका छन्। उनले ओडीआईमा २५ खेलमा ३१ र टी-२० आईमा २१ खेलमा २१ नै विकेट लिएका छन्।

त्यस्तै हाइदेन वाल्सले पनि २३ ओडीआई र ३८ टी-२०आई खेलिसकेका छन्। उनले ओडीआईमा २८ र टी-२० आईमा ३१ विकेट लिइसकेका छन्। त्यस्तै कदिम अलैने, जोसुवा विशोप, मार्क देयाल, माथिउ फोर्डेले घरेलु प्रतियोगिता राम्रा गरेका खेलाडी हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.