गाँजा तस्करलाई लखेट्न गएका प्रहरीको पेस्तोल हरायो

गाँजा तस्करलाई लखेट्न गएका प्रहरीको पेस्तोल हरायो
फाइल तस्बिर
सुन्नुहोस्

सिमराः बाराको अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक पूज्य बिसीले बोकेको पेस्तोल हराएको छ।

जितपुरसिमरा-२२ स्थित चकरी जंगल क्षेत्रबाट बिसीले बोकेको पेस्तोल सोमबार हराएको हो। उक्त पेस्तोलमा १० राउन्ड गोली लोड गरिएको छ। अवैध लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि बिसीको नेतृत्वमा प्रहरीको टोली चकरी क्षेत्रमा पुगेको थियो। 

सोही क्रममा गाँजा तस्करलाई लखेट्न खोज्दा पेस्तोल हराएको भन्ने जानकारी आएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए। ‘अपरेशनका क्रममा पेस्तोल हराएको भन्ने जानकारी आएको छ’, प्रवक्ता न्यौपानेले भने, ‘अहिले उक्त पेस्तोलको खोजी गर्ने काम भइरहेको छ।’ प्रहरीको टोलीले चकरी जंगल क्षेत्रमा पेस्तोल खोजी गरिरहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.