महोत्तरीको मटिहानीमा उन्नत जातका बिउ बोका वितरण
मटिहानी : महोत्तरी मटिहानी नगरपालिकाले नश्ल सुधार गर्नका लागि २० वटा महिला समूहलाई उन्नत जातका बिउ बोका वितरण गरेको छ।
नगरभरी कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालित छन्। यस परियोजना अन्तर्गत गठित महिला समूहलाई १/१ वटाका दरले बिउ बोका वितरण गरिएको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले बताए।
बिउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आय आर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाई छ।