२०५१ सालबाट सुरु गरेको वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी

२०५१ सालबाट सुरु गरेको वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी
सुन्नुहोस्

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०५१ सालबाट सुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै नमूना कार्यक्रम भएको दाबी गरेका छन्। नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजितक कार्यक्रममा उनले कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको बताएका हु्न्।

भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरूमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको बताइन्।

उनले स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट सुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रूपमा रहेको भन्दै ज्येष्ठ नागरिकहरूको सम्मानमा थालनी गरिएको यस कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको धारणा राखे। पूर्वराष्ट्रपति भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको भन्दै मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताए। 

कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्याय : पोखरेल

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताए। उनले अधिकारी शासन सत्तामा रहँदा मात्र नभई प्रतिकूल अवस्थामा समेत स्थिर रहनुभएको र कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा नपर्नुभएको उनले स्मरण गरे। अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको उनको धारणा छ। 

स्मृति दिवसको अवसर पारेर मनमोहन प्रतिष्ठानले काठमाडौका जेष्ठ नागरिकहरुलाई धार्मिक र सांस्कृतिक भ्रमणमा लगेको छ। सो टोलीलाई पूर्वराष्ट्रपति भण्डारीले विदाई रे। स्वर्गीय मनमोहन अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्षका रूपमा चिनिन्छन्। उनको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयघातबाट निधन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.