प्रधानमन्त्रीले लचकता नदेखाएको भए सुदूरपश्चिममा दुर्घटना हुन्थ्यो : माधव नेपाल

प्रधानमन्त्रीले लचकता नदेखाएको भए सुदूरपश्चिममा दुर्घटना हुन्थ्यो : माधव नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन नहुने बताएका छन्। युवा सङ्घ नेपाल काठमाडौं जिल्ला समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले ६ वटा दलहरू सरकारमा रहेको र कुनै एक पार्टी अलग हुने वित्तिकै सरकार अप्ठेरोमा पर्ने भएकाले कुनै पनि दलले दम्भ देखाउन नहुने बताएका हुन्। 

सुदूरपश्चिम प्रदेशमा झण्डै दुर्घटना भएसकेको अवस्थामा प्रधानमन्त्री लचकता देखाएकै कारण आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेको उनले बताए। अध्यक्ष नेपालले सुशासन,सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको धारणा राखे । 

अहिले देश र जनताका लागि काम गरेर देखाउने बेला आएको भन्दै उनले कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्ने उल्लेख गरे। अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको बताए । 

उनले इमान्दार,निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.