वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम

वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम
सुन्नुहोस्

काठमाडौं : पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ। ‘ब्रेदलेस फ्युचरः अनभेलिङ्ग द इम्प्याक्ट अफ एयर पल्युशन अन चिल्ड्रेन एण्ड विमिन इन काठमाण्डु एण्ड सप्तरी’ शीर्षकको उक्त अध्ययन प्रतिवेदनले जोखिम बढाएको देखिएको छ।

सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन्। जसले बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको छ।

सेभ द चिल्ड्रेनका सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौं र सप्तरीमा यो अध्ययन गरिएको बताए। अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्रहित र विकासलाई विश्लेषण गरेर बुझ्नुपर्ने आवश्यकता औँल्याएको पनि उनले बताए। 

‘वायु प्रदूषणका कारण विद्यालय बन्दहुँदा र बाहिर हिँडडुल गर्न कठिनाइ हुँदा शिक्षाको अवसर गुम्नसक्ने र परिवारको जिवीकोपार्जनमा समेत असर पर्नसक्ने चिन्ता व्यक्त गरेको पायौँ। साथै प्रदूषणले बालबालिका, महिला तथा न्यून प्रतिनिधित्व भएका समूहको जीवनलाई नै गम्भीर असर गर्ने देखिन्छ’, उनले भने।

विद्यमान विकास अवधारणाले वायु प्रदूषणका हानिकारक प्रभावबारे ख्याल नगर्ने पाइएकाले विकासमा महिला, बालबालिका, तथा न्यून प्रतिनिधित्व भएका समूहका जीवनका भोगाइलाई समेत ध्यान दिन जरूरी रहेको उनको भनाइ थियो। प्रतिवेदनले बालबालिकाका समग्र सहितको लागि मजबुत नीतिगत व्यवस्थाको आवश्यकता औलाएको छ भने त्यस्ता नीतिबारे जनस्तरमा सचेतना फैलाउन र पर्यावरणीय समस्याहरूको सम्बोधन गर्नुपर्नेमा जोडदिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.