ठोरी छोटी भन्सार बुधबारदेखि सञ्चालनमा आउने

ठोरी छोटी भन्सार बुधबारदेखि सञ्चालनमा आउने
सुन्नुहोस्

वीरगन्ज : पर्साको ठोरी नाकामा वर्षौंदेखि बन्द अवस्थामा रहेको ठोरी छोटी भन्सार कार्यालय बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। 

पर्सा जिल्लाको दोस्रो नाका ठोरीमा अवस्थित छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरि स्तरोन्नति गरिएको वर्षौ बितिसक्दा पनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगरिदिँदा उक्त छोटी भन्सार कार्यालय लामो समयदेखि बन्द अवस्थामा थियो। 

तर हालै संघीय सरकारको मन्त्रिपरिषद् बैठकले ठोरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउने निर्णय गरेकाले बुधबारदेखि ठोरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन लागिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिए। 

उनका अनुसार मन्त्रिपरिषदको निर्णयबमोजिम अर्थ मन्त्रालयको निर्देशनमा ठोरी छोटी भन्सार कार्यालयमा वीरगन्ज भन्सार कार्यालयले नायब सुब्बा अभिषेक सिंहसहित दुई जना कर्मचारी खटाइसकेको र बुधबार बिहान एक औपचारिक कार्यक्रम गरेर भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

बुधबारको कार्यक्रममा भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौला, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी लगायतको उपस्थिति रहने छ। 

यसअघि गत माघ २७ गते तत्कालीन अर्थमन्त्री रामशरण महतले उद्घाटन गर्ने पुनः सञ्चालन गर्ने कार्यक्रम तय गरिएको थियो। तर उक्त कार्यक्रम अन्तिम समयमा आएर बिना कारण स्थगित भएको थियो। 

पर्साको ठोरी गाउँपालिका तथा चितवनको माडी नगरपालिका र भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरूको संयुक्त टोलीले काठमाडौंस्थित अर्थमन्त्रालय, भन्सार विभाग लगायतका निकायमा पटकपटक  पुगेर ठोरी छोटी भन्सार पुनः सञ्चालनका लागि दबाबसहितको आग्रह गर्दै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.