डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु
सुन्नुहोस्

ललितपुर  : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ। 

आगो निभाउने क्रममा घाइते भएका दुई जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए।

आगो निभाउने क्रममा घाइते भएका शंकर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो। घाइतेमध्ये शंकर पहरीको मृत्यु भएको उनले बताए। ललितपुरको गोदावरीस्थित लेले जंगलमा तीन/चार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ। 

आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ। आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ। ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ। यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.