पर्साको जगरनाथपुर आगलागी हुँदा चार घर जलेर नष्ट, २७ लाखको क्षति

पर्साको जगरनाथपुर आगलागी हुँदा चार घर जलेर नष्ट,  २७ लाखको क्षति
सुन्नुहोस्

वीरगन्ज : पर्साको धोबिनी गाउँपालिका-५ जगरनाथपुर गाउँमा मंगलबार दिउँसो आगलागी हुँदा फुसको चार वटा घर जलेर नष्ट भएका छन्। 

मंगलबार दिउँसो भएको आगलागीबाट स्थानीय रजाक देवान, रहमत देवान, अमजद देवान र समसाद देवानको गरी चारवटा घर र घरमा रहेका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ।

स्थानीयका अनुसार दिउँसो दुई बजेतिर रजाक देवानको घरमा खाना पकाउने क्रममा चुल्होमा आगो बालिएको थियो। त्यही आगोबाट सल्किएर आगलागी हुँदा रजाकसँगै छिमेकका घरहरू पनि जलेर नष्ट भएको हो।

आगलागी पोखरिया नगरपालिकाबाट गएको वारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले मिलेर आगो निभाएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी सहायक हवल्दार रामकुमार साह कानुले जानकारी दिए। 

आगलागीबाट चारवटै घर जलेर पूर्ण रुपले नष्ट हुँदा त्यसबाट करिब २७ लाख रुपैयाँ बराबरको क्षति भएको  पीडित घरधनीहरूले  बताएको कानुले जानकारी दिए। यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.