जंगलको आगलागी अस्पताल पसेपछि... (फोटो फिचर)
ललितपुर : पछिल्लो समय देशभर आगलागी भइरहेको छ। आगो बस्तीमा पसेर दुःख दिइरहेको सन्दर्भमा मंगलबार ललितपुरको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा तनाव भयो।
विहानै जंगलको आगो अस्पताल परिसरको एक टहरामा आईपुगेर छानामा रहेको पात पतिङ्कर बलेपछि अस्पतालमा स्थानीय, प्रहरी, सेनासँगै दमकल र अग्नी नियन्त्रक आएर निभाएका छन्।
अस्पताल परिसरमा धुँवाको मुस्लो मडारिएपछि ९३ जना विरामी अर्को भवनमा सारिएको थियो। दिनभरको प्रयन्त्रपछि अग्नी नियन्त्रकले अस्पताल वरपरको आगो निभाएका थिए।