तातो लहरको रापमा तराई, पूरै एसिया मारमा

तातो लहरको रापमा तराई, पूरै एसिया मारमा
सुन्नुहोस्

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले हालै विज्ञप्ति निकाल्दै कम्तीमा वैशाख २० गतेसम्म तातो लहर (हिटवेभ) बाट सतर्क रहन सुझाएको छ। मौसम पूर्वानुमान महाशाखाले अझै कम्तीमा पाँच दिन हिटवेभ भएका जिल्लाहरूमा पानी पर्ने संभावना नरहेको पनि जनाएको छ।

विभागका अनुसार लुम्बिनी प्रदेशका तराई भूभागमा केही दिनदेखि अधिकतम ४० डिग्री र सोभन्दा माथि तापक्रम रहेको छ। ती ठाउँमा तातो लहरको संभावना यथावत हुने भएकाले सावधानी अपनाउन पनि सुझाएको छ। पहाडलगायत खोँचतिर पनि तापक्रम बढ्न सक्ने संभावना रहेकाले सचेत बस्न भनिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्, गंगा नगरकोटी भन्छिन्,‘(मार्च, अप्रिल र मे) प्रि मनसुन र मनसुनको सुरुवाती चरणमा पनि हिटवेभ हुन्छ। पानी पार्ने बलियो प्रणाली नभित्रिएसम्म तातो लहर रहिरहने अनुमान छ।’

मनसुन पूर्वबाट भित्रिएर पश्चिममा पुग्न समय लागेको खण्डमा कहिलेकाहीँ पश्चिममा पनि हिटवेभ हुनसक्छ। खासमा यो हिटवेभको सिजन भएकाले सहर्त हुनुपर्ने सुझाएकीछन्।

उनका अनुसार तराईमा अझै कम्तिमा पाँच दिन पानी पर्ने संभावना छैन। बादल नलाग्ने र पानी नपर्ने भएपछी एकदर्मी गर्मी बढने हुँदा हिटवेभ हुने गर्छ।

लामो खडेरी र अत्यधिक गर्मीका कारण तातो लहर हुने गर्छ। तर, यो कतिन्जेल रहन्छ भन्नेमा पश्चिमी वायुको प्रभावमा निर्भर हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुशर्दन हुमागाईंले बताए।

हिटवेभ बढदै जाँदा अत्यधिक आगलागीका घटना बढ्ने संभावना बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १० दिनको तथ्यांकका अनुसार मुलुकमा सात सय २२ आगलागी तथा डढेलोको घटना भएका छन। त्यसमा ११ जनाको मृत्यु भइसकेको छ भने २१० मिलियन रुपैयाँ भन्दा धेरैको नोक्सान भइसकेको छ।

अत्यन्त सुक्खाका कारण डढेलो तथा आगलागीको घटना बढे पनि डढेलो र हिटवेभको सम्बन्ध नरहेको महाशाखाकी मौसमविद् नगरकोटीले बताइन्। डढेलोले भिजिबिलिटी कम हुने, तुँवालो लाग्ने भए पनि हिटवेभ सँग कुनै सम्बन्ध नहुने उनको भनाइ छ।

पूरै एसिया हिटवेभको मारमा

नेपाल मात्रै नभएर यतिबेला दक्षिण तथा पूर्वी एसियाका लाखांै मानिसले नै (हिटवेभ) तातो लहरको सामना गरिरहेका छन्। फिलिपिन्स, बंगलादेश, थाइल्यान्डलगायत कतिपय देशमा विद्यालय, कलेजहरू बन्द गरिएका छन्। मौसमी प्रणाली एल निनोको कारण यो वर्षको तापक्रम अत्यन्त खराब बनाएकाले त्यसको परिणाम स्वरूप हिटवेभको सामना गर्नुपरेको र सयौंले ज्यान गुमाइसकेका बताइएको छ।

यसै साता भारतमा एक जना मन्त्रि चुनावी अभियानको क्रममा हिटवेभका कारण भाषण गर्दागर्दै बेहोस भएका थिए। त्यसपछि निर्वाचन आयोगका समूहले मौसम विभागका अधिकारीहरूलाई भेटेर आगामी मौसमी प्रणालीको बारेमा जानकारी लिएको गार्डियन पत्रिकाले जनाएको छ। हिटवेभका कारण चुनाव सजिलो नबन्ने आकलन गरिएको छ।

विश्व मौसम संगठनले सन् २०२३ मा एशिया विश्वकै अत्यधिक तातो भएको जनाएको छ। हीटवेभको प्रभाव झन झन गम्भीर बनिरहेको बताएको छ।

त्यसैगरी मौसम र पानी सम्बन्धित विपदको सामना एसियाले धेरै गर्नुपरेको बताएको छ। जलवायु परिवर्तनका कारण हिमनदीहरू पग्लिएकाले पानीको गम्भिर असुरक्षा थपिएको विश्व मौसम संगठनले जनाएको छ।

लामो समय तातो रहने क्रम बढेको, अत्यधिक विपद्को जोखिम थपिँदै गएको र गर्मीको समस्या झन झन गम्भीर बन्दै गएको पनि बताएको छ।

संगठनकी उपमहासचिव को वारेटले भनेका छन् ‘एसियामा अत्यन्त गर्मी र हिटवेभ साइलेन्ट किलर बनिरहेको छ। यसको मारमा गरिबहरू बढी पर्ने छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.