पुर्पक्षका लागि थुनामा रहेकालाई छुटाइदिने भन्दै १७ लाख रुपैयाँ असुली, युवक पक्राउ

पुर्पक्षका लागि थुनामा रहेकालाई छुटाइदिने भन्दै १७ लाख रुपैयाँ असुली, युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : बलात्कारको अभियोगमा वीरगन्ज कारागारमा रहेका दुई अभियुक्तलाई छुटाइदिने प्रलोभन दिएर १७ लाख रुपैयाँ असुल्ने बाराका युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-२३ बैराठपुरका २५ वर्षीय सहदेव पटेल रहेका छन्। उनलाई प्रहरीले वैशाख १४ गते पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षका लागि वीरगन्ज कारागारमा रहेका एक अभियुक्तलाई छुटाइदिन्छु भन्दै उनका आफन्तसँग पटेलले १० लाख रुपैयाँ लिएका थिए। 

यस्तै जबरजस्ती करणी कसुर मुद्दामा पुर्पक्षका लागि वीरगन्ज कारागारमै रहेका अर्का अभियुक्तका आफन्तसँग पनि पटेलले सात लाख रुपैयाँ लिएका थिए। ती दुवै अभियुक्तका आफन्तले दिएको जाहेरीका आधारमा पटेललाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

यसअघि आइतबार पनि बारा प्रहरीले हत्याको आरोपमा अनुसन्धानका लागि प्रहरी थुनामा रहेका एक अभियुक्तलाई छुटाइ दिने भन्दै अभियुक्तका परिवारसँग ६ लाख रुपैयाँ लिएका बाराकै जितपुरसिमरा उपमहानगरपालिका-२० बडहर्वाका ४१ वर्षीय दुर्गा साह कानुलाई पक्राउ गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.