अल्वानिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने प्रहरी फन्दामा

अल्वानिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने प्रहरी फन्दामा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : वैदेशिक रोजगारीका लागि युरोपको अल्वानिया पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका–२ स्थित पाराखोपी निवासी ३८ वर्षीय हरि भन्ने भीमप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

पौडेलले १५ लाख ७ हजार रुपैयाँ ठगेको भन्दै मेचीनगर नगरपालिका– ११ स्वतन्त्र शिवाकोटी, विनोदकुमार ढकाल, मनकुमार बगा र डाकबहादुर मिश्रले संयुक्त रुपमा वैदेशिक रोजगार विभागमा उजुरी दिए थिए । विभागको पत्राचार अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडले पौडेललाई पक्राउ गरेको डीएसपी चन्दले बताए । उनलाई आजै विभाग पठाउन लागेको उनको भनाइ छ । 

विगत लामो समयदेखि गाउँघरमा एजेन्टको काम गर्दै आइरहेका पौडेलले पीडितहरूलाई युरोपको अल्वानियामा वायर हाउसका लागि टुना मार्केटमा काममा लगाइदिन्छु भनी ठगी गरेको भनी खुलेको छ । 

उनले त्यहाँ जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र मासिक तलब १ लाख २५ हजार हुन्छ भनी विश्वास दिलाएका थिए । 

दुई वर्षको काम लागि उनले भिषा बापत सुरुमा प्रति व्यक्ति एक लाख रुपैयाँ लिएको पाइएको छ ।  ठगीमा परेको थाहा पाएपछि पीडितहरूले बैंक स्टेटमेन्टसहित विभागमा उजुरी दिएको पत्रमा उल्लेख छ ।
    
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.