त्रिपालको भरमा रात गुजार्दै आगलागी पीडित

त्रिपालको भरमा रात गुजार्दै आगलागी पीडित

मलंगवा : आगलागीका कारण घरबार गुमाएका सर्लाहीका विष्णु गाउँपालिका-१ बाराउद्योरणका पीडित परिवारहरूको बिचल्ली भएको छ। त्रिपालको भरमा रात गुजार्न बाध्य भएका छन्।

बिहीबार सत्रुधन राउतको घरबाट सुरु भएको आगलागीमा परी ६१ घर जलेर नष्ट भएपछि उनीहरूको अहिले बिचल्ली भएको छ। खाना लगाउन धौ धौ पर्ने विपन्न परिवारको बस्ती आगोले सखाप बनाएपछि अग्नी पीडित खुला चौरमा त्रिपाल लगाएर रात बिताइरहेका छन्। घरमा रहेको धनमाल नष्ट भएपछि के खाने के लगाउने भन्ने चिन्ताले सताउन थालेको पीडितहरूको भनाइ छ। ओत लाग्ने घर र छाक टार्ने अन्न केही नभएपछि गाउँ पुरै पीडामा छन्। 

null

आगोले अन्न र लत्ताकपडा जलेर खरानी बनेपछि २ नबालक सन्तान र वृद्ध सासु ससुरालाई लिएर खुला चौरमा रात काट्नु परेको स्थानीय बची देवी राउतले बताएकी छिन्। घरमा केही पनि बाँकी छैन। श्रीमान रामु राउत कामको शिलशिलामा भारतको पन्जाबमा छन्। सम्पत्तिको नाउमा घडेरी र त्यस माथि बनेको घर मात्रै छ। तर, आगोले त्यो पनि नष्ट गरेको बचीले रुँदै भनिन्। 

‘छोराछोरी कसरी पाल्ने र घर कसरी बनाउने भन्ने चिन्ताले सताउन थालेको छ। श्रीमान् घरमा भएको भए केही समान बचाउन सकिन्थ्यो। घरमा कोही नभएकाले केही जोगाउन सकिन्। नजिकमा रहेको नातेदारको घरबाट खाना आएपछि छोराछोरी र सासु ससुरालाई खुवाएको छु,ֹ’ उनले भनिन्। 

null

जीवनमा कहिले नदेखेको घटना गाउँमा भएको ७० वर्षीय वृद्ध किशोरी राउतले बताए। उनले भने, ‘गाउँमा ठूलो ब्रजपात परेको छ। च्यूरा, दालमोठको भरमा गुजारा गर्दै छु। आगोले केही बाँकी राखेन। ४ छोरा छन्। सबै कमाउनका लागि भारतमा छन्। घरमा रहेका स–सना नाति नतिनालाई मात्र जोगाउन सके। गाउँका सबै युवाहरू प्रायः कमाउनका लागि बाहिर छ। गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन्। युवाहरू भएको यत्रो ठूलो क्षति हुँदैनथ्यो।’ 

null

परदेशबाट कमाएर ल्याएको पैसा सिलाई कटाई व्यवसाय गरेका विकी राउत झन पीडामा छन्। घर र व्यवसाय गरेको पसल दुवै जलेर खरानी बनेको छ। दुई वर्ष पहिले भारतका गुजरातबाट कमाएर ल्याएको पैसाले सिलाई कटाई व्यवसाय सञ्चालन गरेको विकीले बताएका छन्। आगोले पुरै सखाप बनायो। चारवटा मेसिन पूर्णरुपमा जलेर खरानी बनेको छ। 

null

ग्राहकहरूले सिलाउन दिएको कपडाहरू पनि केही बाँकी रहेन्। अब कसरी जीवन बिताउँने त्यो चिन्ताले सताउन थालेको छ। घरमा खाना खानका लागि गएको बेला गाउँमा अचानक आगो फैलियो। खाना खान बसेकै बेला घर र केही पर रहेको पसलमा आगो लाग्यो। घरको समान निकालौं भनेर भित्र पस्दा छिमेकमा ग्याँस सिलिण्डर पड्केपछि भागेर चौरीमा पुगे। गाउँमै बसेर केही गरौं भन्ने सोचेको थिएँ। आगोले सबै सत्यानाश बनायो। अब फेरी परदेशकै भर छ।

null

आफ्नो घरबाट अचानक आगो फैलिएको सत्रुधन राउतले बताएका छन्। ‘गर्मीका कारण छहारीमा बस्न आँपको बगैँचामा गएको थिएँ। आगो लाग्यो भनेर खबर सुनेपछि दौडेर घरमा आउँदा आगो पूर्णरुपमा घरमा लागि सकेको थियो। केही समयमै सिलिण्डर पड्केपछि भागाभाग भयो। घरमा रहेको बुहारी ३ सन्तानलाई लिएर जसोतसो निस्कन सफल भएँ। उनीहरू घरको माथिल्लो तला थिए। तल आगो लागिसकेको थियो। सारी माथिल्लो तलामा बाँधेर बुहारी, आफ्नो र सन्तानको ज्यान जोगउन सफल भएँ,’ उनले भने। 

घरमा रहेको पैसा, गहना, अन्न, लत्ताकपडा केही बाँकी रहेन। ‘२२ क्वीन्टल गहुँ, २६ क्वीन्टल चामल र ३ क्वीन्टल मसुरो जलेर खरानी बनेको छ। अहिले प्रचण्ड गर्मी छ। दुई महिनापछि वर्षा सुरु हुन्छ। कसरी बुहारी, नाति नतिनालाई राख्ने ठेगान छैन’, उनले भने। 

null

आगोले आफ्नो पालिकामा ठूलो क्षति गरेको प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटाले बताएका छन्। ‘पालिकाबाट अहिले खाना र औषधिको व्यवस्था गरेका छौं। गाउँपालिका अध्यक्ष जवाहरलाल यादव अहिले बाहिर हुनुहुन्छ। उहाँ आएपछि कार्यपालिकाको बैठक बसेर राहतका लागि छिट्टै निर्णय गर्ने सापकोटाले बताए। सहयोग संघ संस्थासँग सहयोगका लागि आग्रह गरेको छु’, उनले भने।

null

रेडक्रसबाट राहतका समान आएको छ। डाटा संकलन हुने बित्तिकै रेडक्रसबाट आएको राहतलाई वितरण गरिने सापकोटाले बताए। आगोलाई स्थानीयवासी, प्रहरी, हरिवन नगरपालिका, महोत्तरीको रामगोपालपुर, सम्सी गाउँपालिका र जनकपुर उपमहानगरपालिकाबाट आएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.