बागमतीमा बजेट अधिवेशन बोलाउने सर्वदलीय बैठकको निर्णय

बागमतीमा बजेट अधिवेशन बोलाउने सर्वदलीय बैठकको निर्णय
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सभाको आह्वानमा आज बसेको सर्वदलीय बैठकले प्रदेश सभाको बजेट अधिवेशन बैठक बोलाउने निर्णय गरेको छ। बैठकले प्रदेश सभाको बैठक यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

त्यसैगरी आजको बैठकले प्रदेश सभा अन्तरगत रहेका विभिन्न पाँच वटा समितिको सभापतिको लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने निर्णय गरेको पनि सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

सर्वदलीय बैठकमा संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुको सहभागिता थियो। बागमती प्रदेश सभाको हिउँदे अधिवेशन गत वैशाख १२ गते राति अन्त्य गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.