लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार
सुन्नुहोस्

लुम्बिनी : विश्वमा व्याप्त हुँदै गइरहेको प्राकृतिक असन्तुलन, बैमनस्यता र बेमेलको अन्त्यका लागि बौद्ध शिक्षाको जीवनोपयोगी बनाउनेगरी प्रवर्द्धनमा प्राथमिकतामा दिनुपर्ने विज्ञहरूले बताएका छन्। 

राष्ट्र तथा व्यक्तिहरूबीचमा असमझदारी, पर्यावरणीय हानी नोक्सानी, युद्ध तथा अपराधको बढ्दो ग्राफ न्यूनीकरण गर्नका लागि बुद्धका उपदेशहरूको परिपालना महत्वपूर्ण कडी हुने भन्दै विज्ञहरूले बौद्ध शिक्षालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए। बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरूको समाधान खोजिनुपर्ने विज्ञहरूले बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा सुरु भएको  ‘विश्वव्यापी चुनौतीहरूको समाधान सन्दर्भमा बौद्ध शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै विज्ञहरूले बुद्धका शिक्षाको परिपालनाले मानवीय व्यवहारहरू परिवर्तन हुने बताएका हुन्। वातावरणीय असन्तुलन, व्यापारिक प्रतिस्पर्धा, बढ्दो तापक्रम, नयाँनयाँ संक्रमणकालीन ब्याधी तथा युद्ध अपराध जस्ता विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा रहेको भन्दै त्यसको खोजी अपरिहार्य रहेको विज्ञहरूले बताए।

बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउने गरी अध्ययन अनुसन्धान भइरहेकाले ती पक्षहरूलाई व्यवहारमा उतार्नका लागि सबै राष्ट्रले जोड दिनुपर्ने बताए। त्यसका लागि बौद्ध शिक्षालाई पाठ्यक्रममार्फत हरेक शैक्षिक कार्यक्रमहरूमा समावेश गर्नुपर्ने जोड विज्ञहरूको थियो।

बुद्धको शिक्षाले संयक आजीविका आत्मसाथ गर्न अभिप्रेतित गर्ने भन्दै बुद्धको शिक्षाले नै अहिलेको विश्वलाई शान्तिमय बनाउन सक्ने उनीहरूले बताए। बुद्ध जन्मस्थल लुम्बिनीबाट बुद्ध शिक्षाको विश्वव्यापी बिगुल फुक्नका लागि सबै तत्पर हुनुपर्ने विज्ञहरूको जोड थियो।

ईष्या, राग, द्वेय, मोहमुक्त मानव समाज निर्माण अपरिहार्य रहेको तर्क विज्ञहरूले गरे। नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यान्मार, फ्रान्स, पोर्चुगल, ताइवान, थाइल्याण्ड, मंगोलिया, जापानका विज्ञहरू सम्मिलित सेमिनारको उद्घाटन सत्रमा बोल्नै विज्ञहरूले बौद्ध शिक्षालाई जीवयनयापनमै उपयोगमा ल्याउनेगरी व्यवहारिक सिकाइमा लैजानुपर्ने बताए।

बौद्ध ध्यानले मानवीय चित्तलाई निर्मल गर्न सक्ने भन्दै बुद्धले दिएका पञ्चशील, आर्य अष्टाङ्गि मार्गहरूलाई जीवनयापनमा जोड्ने गरी शिक्षा फैलाउनुपर्ने उनीहरूले बताए। मानवीय चित्तको परिवर्तनले पर्यावरणीय हानी नोक्सानी कम हुने र युद्ध अपराधहरू कम हुँदै जाने उनीहरूले बताए।

कार्यक्रममा चिनियाँ संसदका सदस्य माष्टर इन सुनले लिखित मन्तव्यमार्फत बौद्ध शिक्षाको प्रवर्द्धनमा चीनले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए। ‘बौद्ध शिक्षा जीवनका लागि नभई नहुने व्यवहारिक ज्ञान हो, यसको पालना गर्न सबैलाई आग्रह गर्दछु, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.