प्रांगारिक कृषिमा पशुपन्छी
नेपालमा कृषिगणना २०१८ सालबाट सुरु भएको पाइन्छ। त्यसपछि प्रत्येक १०–१० वर्षमा कृषिगणना हुँदै आएको छ। २०७८ सालको सातौं कृषिगणना हो। यस गणनामा महिला मुख्य कृषक ३२ प्रतिशतर बाँकी प्रतिशत पुरुष मुख्य कृषक देखाएको छ। महिला मुख्य कृषकभन्दा पुरुष मुख्य कृषक धेरै भएको प्रष्ट हुन्छ। मुख्य कृषक भन्नाले कृषक परिवारको कृषि कार्य सञ्चालनमा व्यवस्थापकीय कार्य गर्ने व्यक्तिलाई मानिन्छ।
यसरी पनि प्रष्ट हुन सकिन्छ कि कृषि–चलनको सम्पूर्ण चाँजोपाँजो मिलाउने, उपलब्ध हुन सक्ने साधन र स्रोतको कसरी उपभोग गर्नुपर्छ भन्ने कुराको निर्णय गर्ने, कृषि उत्पादनको वितरणसम्बन्धी निर्णय लिने र प्राविधिक तथा आर्थिक जिम्मेवारीसमेत बहन गर्ने व्यक्तिलाई मुख्य कृषक भनिन्छ। मुख्य कृषक परिवारको मुली नहुन पनि सक्छ, हुन पनि सक्छ। महिला मुख्य कृषक प्रतिशत पुरुषको तुलनामा निकै कम देखिन्छ। २०६८ सालमा १९ प्रतिशत छ भने २०७८ सालमा ३२ प्रतिशत तथ्यांकले देखाएको छ। सकारात्मक पक्ष यो छ कि महिला मुख्य कृषक प्रतिशत बढ्दो देखाएको छ। कृषकलाई दुई प्रकारमा राखेको पाइन्छ। खेतीपाती गर्ने कृषक र पशुपन्छी मात्र पाल्ने कृषक।
प्रांगारिक उत्पादनहरूले मानिसको स्वास्थ्य, वातावरण र समग्र सामाजिक न्यायलाई सकारात्मक योगदान पु¥याउने गर्छ। हरेक वर्ष विश्व बजारमा यसको माग करिब १५ देखि २० प्रतिशतसम्म बढिरहेको छ रयो बढ्दो क्रममा छ। त्यसैले प्रांगारिक उत्पादन बढाउन प्रांगारिक उत्पादक कृषक बढाउनुपर्ने आवश्यकता टड्कारा रूपमा आएको छ। अन्नवाली उत्पादनमा रासायनिक मलको प्रयोग गरेको पाइन्छ। तरकारीमा विषादीको प्रयोग गर्ने कृषक परिवार २७ प्रतिशत २०७८ सालको कृषिगणनाले देखाएको छ। यसरी विषादी प्रयोग गर्ने कृषक परिवारमध्ये तरकारीमा सुरक्षित विषादीको प्रयोग कृषक परिवार ५३ प्रतिशत छन्। यस्ता विषादीले स्वास्थ्यमा नराम्रो असर पार्ने गर्छ। यसबाट जोगिन प्रांगारिक उत्पादनलाई जोड दिनुपर्छ।
प्रांगारिक कृषिबाट नै प्रांगारिक उत्पादन गर्न सकिन्छ। जसका लागि पशुपन्छीपालन आवश्यक छ। पशुपन्छीपालनबाट आएको मलमूत्र, सोत्तर आदि खेतबारीमा मल राख्न सकिन्छ। पशुपन्छीपालन क्षेत्रलाई कृषि क्षेत्रको आधार मान्न सकिन्छ। नेपालमा यस क्षेत्र अत्यन्त सम्भावना भएको तथा अपेक्षा गरिएको क्षेत्र हो। तरकारी तथा फलफूलमा असुरक्षित विषादीको प्रयोगले मानव स्वास्थ्यमा नराम्रो असर पर्छ। त्यसैले प्रांगारिक उत्पादनको माग बढ्दै गएको हो। यस क्षेत्रलाई अगाडि बढाउन सके मात्र कृषिले फड्को मार्ने छ। यसै सन्र्दभमा कुरा जोड्न सकिन्छ। केही विश्वविख्यात नीति निर्माताले पशुपन्छीपालन क्षेत्रलाई गरिबी निवारणको महत्वपूर्ण आधार मानेको अध्ययनले देखाएको छ।
जग्गाको अभाव भएका,साना किसान, सिमान्तकृत आदिवासी जनजाति, महिलालगायत प्राकृतिक स्रोतमा स्रोतमा बढी निर्भर व्यक्तिलाई यस क्षेत्र सजिलो तथा सहज हुनसक्छ। साथै पशुपालन कार्य त आदिवासीको परम्परा र संस्कार यो पेसा जोडिएको पाइन्छ। साथै प्रांगारिक र आत्मनिर्भर खेती पशपन्छीपालन बिना सम्भव हुँदैन। विगत लामो समयदेखि हाम्रो देश नेपालमा किसानले खेतीपाती र पशुपालनलाई सँगै अपनाएको पाइन्छ। साँच्चै इतिहास हेर्ने हो भने मानव सभ्यताको विकाससँगै कृषिको विकास भएको र त्यसमा पनि खेतीपातीभन्दा पनि पहिला पशुपालनको महत्व बुझेको पाइन्छ। विश्वका विभिन्न देशको परम्परागत ग्रामीण कृषि प्रणली पारिवारिक, पशुपालनमा निर्भर, दिगो र वाह्यपदार्थको प्रयोगबिना नै गरिँदै आएको पाइन्छ।
छोटो समयमा र कम लागतमा व्यवसायीकरण, यन्त्रीकरण र औद्योगीकिकरण गर्न सकिने व्यवसायको रूपमा लिन सकिन्छ। किनभने यो पेसा खेतीपातीभन्दा सरल तथा किफायती हुन्छ। प्रांगारिक प्रमाणीकरण कार्य हुनुपर्छ। विश्वमा हालसम्म ५५० जति प्रांगारिक प्रमाणीकरण गर्ने निकायहरूले कार्य गरिरहेको अध्ययनले देखाएको छ। हाल नेपालमा पनि प्रांगारिक उपजहरूलाई प्रमाणीकरण गरेर बजारमा बिक्री गर्ने प्रचलन आइसकेको छ। यसरी प्रांगारिक कृषिका लागि पशुपन्छीपालन क्षेत्रको महत्व भनिरहँदा यसमा पनि धेरै कुरामा अध्ययन दिनुपर्छ। पशुपन्छीबाट मानिसमा रोग सर्न सक्छ।
गाई÷भंैसीको दूध खानलगायत तिनहरूको मलमूत्र खेतबारीमा मल राख्न महत्वपूर्ण छ। यो भयो राम्रो पक्ष। यसको नराम्रो पक्षलाई हेर्दा, गाई÷भैंसीमा जुनोटिक क्षय रोग हुन सक्छ साथै अन्य रोग पनि हुनसक्छ र मानिसमा सर्न सक्छ। यसै सन्दर्भमा विश्वस्वास्थ्य संगठनले दिएको तथ्यक हेर्दा, सन् २०१६ मा विश्वाभर १ लाख ४७ हजार व्यक्ति प्रभावित भए भने करिब १२,५०० मानिसले यो रोगको कारण ज्यान गुमाएका थिए। यस्ता रोगबाट बाच्न गाई÷भैंसीबाट उत्पादित खाने कुरा राम्रोसँग पकाएर खानुपर्छ।
लेखिका महिला किसान संगठन नेपालको सचिव हुन्।