नेपाल मोबिलिटी सोलुन्सन्सद्वारा राइड सेयरिङ प्लेटफर्म 'जुमजुम' सञ्चालन

नेपाल मोबिलिटी सोलुन्सन्सद्वारा राइड सेयरिङ प्लेटफर्म 'जुमजुम' सञ्चालन
सुन्नुहोस्

काठमाडौं : नेपाल मोबिलिटी सोलुन्सन्सले राइड सेयरिङ प्लेटफर्म 'जुमजुम' सञ्चालन गरेको छ। जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्ष्या राखेको छ । 

यो नेपाली कम्पनी, एफ यलभ सफ्ट ग्रुपको विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मी द्वारा विकसित एप हो। 
 

एफ वन सफ्ट ग्रुपका सुबाश शर्माले आफ्नो उत्साह व्यक्त गर्दै भने, 'एफ वन सफ्ट सधैं डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ। जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस् इकोसिस्टममा समावेश गर्नेछौं ।'

प्रयोगकर्ता मैत्री इन्टरफेस रहेको जुमजुम एप मार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट–रहित यात्राको अनुभव सुनिश्चित गर्दछ। जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ  

इसेवा मार्फत सजिलो भुक्तनीः जुमजुममा डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले  तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्नेछन् ।

सुविधाहरू

जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नेछन् । यसमा गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना थाहा पाउन सकिन्छ।

जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्नेछन्।

बीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि ५ लाख सम्मको बिमा प्रदान गर्दछ ।

साथै जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थ गर्दछ, डाइरेक्शनल हायर जस्ता सुविधाहरू मार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्दछ ।

जुमजुमले पहिलो तीन सवारीहरूमा ७५% छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले रु. १००० ज्वाइनिङ बोनस सहित आकर्षक बोनसहरूबाट लाभ उठाउँन सक्छन । प्रारम्भिक दुई हप्ताको लागि ०% कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरु दैनिक बोनस रु. २००० सम्म कमाउन सक्छन ।

श्रीलंकाका सीइओ जिफ्री जुल्फरले भने, 'हामी F1Soft International सँग हाम्रो उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित छौं । यो सहकार्यले हाम्रो साझा दृष्टिकोणलाई प्रकाशित गर्दछ जसमा गतिशीलता र जीवनमा सुधार ल्याउन प्रविधिको प्रयोग गरिन्छ । जुमजुमले नेपालमा यातायातमा नयाँ रुप फेर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।'

डाउनलोड लिङ्कः
चालक एपः https://me-qr.com/l/JumJumDX
यात्रु एपः https://me-qr.com/l/JumJumPX


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.