पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे

पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे
सुन्नुहोस्

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाँउपालिका-१ औराहामा शनिबार अपरान्ह बाघको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। महतोलाई आक्रमण गर्ने बाघलाई पनि स्थानीयले मारेको उनले बताए। 

प्रहरीका अनुसार शनिबार अपरान्ह ५ बजेतिर महतो घर नजिकैको मकैबारीमा गएका बेला बाघको आक्रमणमा परेका हुन्। मकैबारी नजिकै रहेको खोल्सामा पुगेका महतोलाई बाघले आक्रमण गर्दै घिसारेपछि नजिकै रहेका अन्य मानिसले होहल्ला गरेपछि बाघले महतोलाई छाडेको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए। 

महतोलाई आक्रमण गरेको बाघलाई उनका गाँउका मानिसहरूले घेरा हालेर वञ्चरो, भाला र लठ्ठीले हानेर मारिदिएको प्रहरीले जनाको छ। स्थानीयको आक्रमणबाट मरेको बाघ अहिले घटनास्थलमै छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको प्रहरी निरीक्षक केशरीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.