जसरी भए पनि संसदको गतिरोध अन्त्य गरी नीति तथा कार्यक्रम अगाडि बढाउँछौं : प्रधानमन्त्री

जसरी भए पनि संसदको गतिरोध अन्त्य गरी नीति तथा कार्यक्रम अगाडि बढाउँछौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदको गतिरोध हट्नेमा आफू विश्वस्त रहेको बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको  छलफलपछि प्रधानमन्त्री प्रचण्डले भोलिसम्म सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन्।

उनले जसरी भएपनि संसदको गतिरोध अन्त्य गरी नीति तथा कार्यक्रम अगाडि बढ्ने दावी गरे। 'संसदको गतिरोध अन्त्यका लागि गम्भीरतापूर्वक प्रतिपक्ष कांग्रेससँग आज कुरा भएको छ। अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति तथा कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ,'प्रधानमन्त्रीले भने।

संसदमा उत्पन्न गतिरोध अन्त्यका लागि छलफल गर्न आजै बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई  बालुवाटार बोलाएका थिए। छलफलमा पार्टी सभापति शेरबहादुर देउवा,महमन्त्री गगनकुमार थापा,प्रमुख सचेतक रमेश लेखकलगायत शीर्ष नेताहरू सहभागी थिए।

छलफल सकारात्मक रहेको प्रमुख सचेतक लेखकले बताएका छन्। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ। 

छानबिन समिति नबनेसम्म संसदमा अवरोध कायमै राख्ने उसको रणनीति  छ। कांग्रेसले आफ्नो अडान नछाडेपछि संसदको गतिरोध हटाउन प्रधानमन्त्री 'प्रचण्ड' आफै सक्रिय भएका हुन्।

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.