स्रोत नखुलेको साढे ६ लाखसहित १ जना पक्राउ

स्रोत नखुलेको साढे ६ लाखसहित १ जना पक्राउ
सुन्नुहोस्

महोत्तरी : स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक युवकलाई महोत्तरी प्रहरीले सार्वजानिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज पत्रकार सम्मेलन गरि जनकपुर उपमहानगरपालिका-१ का २५ वर्षीय अनिस राइनलाई सार्वजानिक गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मटिहानी नगरपालिका-६ मा शनिबार जिल्ला प्रहरी कार्यालय, महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्तरूपमा खटिएका प्रहरी टोलीले उनी सवार रहेको सवारी साधनलाई चेकजाँच गर्दा ६ लाख ६८ हजार ५ सय रुपैयाँ फेला परेको थियो।

प्रहरीले बरामद गरेको रुपैयाँ, मोटरसाइकलसहित राइन उपर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरीमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.