नारायणी नदीमा नयाँ पुल, प्रधानमन्त्रीले गरे शिलान्यास

नारायणी नदीमा नयाँ पुल, प्रधानमन्त्रीले गरे शिलान्यास
तस्बिर : अनिल ढकाल
सुन्नुहोस्

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गरेका छन्।  सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायण नदीमा निर्माण हुन लागेको 'सिग्नेचर पुल' को शिलान्यास गरेका हुन्।

हाल रहेको नारायणी पुलसँगै ४२० मिटर लामो सिग्नेचर ब्रिज बनाउन लागिएको हो।

यो नेपालकै पहिलो सिग्नेचर पुल हो । अहिलेको पुल २०३८ सालमा बनेको हो । पुरानो र साँघुरो भएको कारण नयाँ पुल बनाउन लागिएको । प्रधानमन्त्री दाहालले पुल निमार्णपछि सवारी चाप हट्ने दावी गरे । सौन्दर्यकरणसहितको डिजाइन भएकाले पनि आकर्षक पुल बन्ने बताए । ‘आगामी दुई सय वर्षसम्मको सवारी चाप सम्बोधन गर्ने लक्ष्य राखिएको छ ,’दाहालले भने ,‘सिग्नेचर पुल बनेपछि आधुनिक र ब्यूटिफिकेशन सहितको पुल बनाउन लागिएको छ । यो यातायातसँग मात्रै नभएर पर्यटन प्रवद्र्धन , स्थानीय अर्थतन्त्रको विकाससँग जोडिएको छ । ’

चार सय २० मिटर लामो पुलमा चारवटा पिल्लर रहनेछ । दुई लेनको यो पुलमा पनि दुबै साइडमा फुटपाथ छ । नारायणीमा बन्न लागेको ‘केबल स्टे एक्स्ट्रा डोज्ड ब्रिज’ नमुनाको पुल बनाउन लागिएको  सडक विभाग,पुल महाशाखाले जनाएको  छ । 

नारायणी नदीमा जलसँग सम्बन्धित पर्यटकीय गतिविधि गर्नका लागि पुलको डिजाइन नै तलको भाग फराकिलो बनाइएको छ ।  उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २०८४ भित्रमा निमार्ण सकिने बताए । 

पुल निर्माणको जिम्मा तुँदी कन्स्ट्रक्सनले पाएको छ । २०८० जेठ १९ गते नै सम्झौता भएको हो । सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । मूल्यअभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा ठेक्का सम्झौता भएको हो । भौतिक पूर्वाधार मन्त्रालयका सचिव ले नेपालको पूर्व र पश्चिम जोड्ने मेरुदण्डको रुपमा रहनो बताए । ‘समग्र सडकको क्षमताको वृद्धिसंगै आर्थिक गतिविधि बढ्ने अपेक्षा गरेका छौं,’उनले भने । 

पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ । तीन हजार टन क्षमताको पानी जहाज नदीमा चल्न मिल्ने गरी पुल बनाउन लागिएको मन्त्रालयले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धेरै वर्षको प्रयासले सार्थकत पाएको बताइन् । 

‘जीर्ण पुलको आवश्यकता नवलपुर र भरतपुरबासी सबैले गरेको हो । पुल निमार्णका लागि भरतपुरले निरन्तर पहल गरेर अघि बढ्यो ,’उनले भनिन् ,‘डिजाइन भएदेखि ठेक्का हुँदै शिलन्याससम्म धेरै संघर्ष भएको छ । तर हामी सफल भएका छौं। ’ 

डिजाइन स्वीकृत हुने वित्तिकै काम सुरू हुने बताइएको छ । पुल शिलान्यास भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । सरकारले नारायणगढ–बुटवल सडक र पुलचोक–गोन्द्राङ सडक विस्तारसंगैले सवारी संचालनमा सहजता हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.