मोतीविन्दुको निःशुल्क शल्यक्रिया
रसुवा : जिल्लाको कालिकास्थानमा निःशुल्क मोतीविन्दुको शल्यक्रिया शिविर सञ्चालन गरिएको छ। सामुदायिक आँखा केन्द्रले आयोजना गरेको शिविरमा ७९ जनाले आँखाको शल्यक्रिया गरिएको हो। ग्रामीण क्षेत्रमा आँखाका समस्या भएकाहरुलाइ शल्यक्रिया सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा शल्यचिकित्सक डा. श्याम व्यासको नेतृत्वमा भएको शिविरमा ७९ जनाको मोतीविन्दु र दुईजनाको मासु पलाएको उपचार गरिएको केन्द्रकी इन्चार्ज उर्मिला तामाङले जानकारी दिइन्।