सरकारको स्थिरतामा समस्या छैन, यो गठबन्धन पूरै कार्यकाल जान्छ : प्रधानमन्त्री

सरकारको स्थिरतामा समस्या छैन, यो गठबन्धन पूरै कार्यकाल जान्छ : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
सुन्नुहोस्

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्। पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको  भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने विश्वास व्यक्त गरे।
 
उनले भने,'सदनको गतिरोध अन्त्य भइसकेको छैन। आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछौं। दलहरूबीच सघन छलफल हुन्छ ।'

सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टिकाटिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले सरकारको स्थिरतामा कुनै समस्या नभएको बताए। उनले भने,'सरकारको स्थिरतामा कुनै समस्या छैन। अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।'

नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकाङ्क्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । 'आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ,'उनले भने, 'कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।'

सरकारले उत्पीडित,गरिब, विपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए। भ्रष्टाचार नियन्त्रणमा सरकारले अभूतपूर्व काम गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ललिता निवासको १४३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको जानकारीसमेत दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.