संसदीय दलको बैठक अगाडि प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस नेता बालुवाटारमा

संसदीय दलको बैठक अगाडि प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस नेता बालुवाटारमा
सुन्नुहोस्

काठमाडौं : संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन्।

कांग्रेसको संसदीय दलको बैठक अगाडि प्रधानमन्त्रीसँग छलफल गर्न आज बिहान महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरुलाई बालुवाटारमा गएको थापाको सचिवालयले जनाएको छ। 

सरकारले आज आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। सरकारको सिफारिसमा आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि २:४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई संसद सचिवालयले आग्रह गरेको छ।

कांग्रेसले सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको छ। प्रधानमन्त्रीसँगको छलफलपश्चात आज बिहान ८ बजे प्रमुख विपक्षी दल कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले बजेट अधिवेशनको पहिलो दिन (शुक्रबार) नै संसद् अवरोध गरेको थियो। उसले संसदीय समितिको माग पूरा नभए सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणका दिन पनि संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ। 

सोमबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकमा भने कांग्रेस केही लचिलो बनेको छ। संसद्को गतिरोध खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको मध्यमार्गी प्रस्तावप्रति कांग्रेस केही सकारात्मक देखिएको हो। प्रधानमन्त्री दाहालले गृहमन्त्रीतिर मात्र लक्षित नभएर समस्याग्रस्त सबै सहकारीका र सहकारीका बचत अपचलनमा जोडिएका सबैमाथि छानबिन हुनेगरी संसदीय समिति बनाउन सकिने मध्यमार्गी प्रस्ताव अघि सारेका थिए।

प्रधानमन्त्री  दाहालले सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। संसदको गतिरोध अन्त्यका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालले त्रिपक्षीय र द्विपक्षीय छलफल जारी राखेका छन्।  सभामुख देवराज घिमिरेले पनि शीर्ष नेता र प्रमुख सचेतकसँग आजको बैठकअघि नै विवाद टुंग्याउन आग्रह गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.