किसाननगरमा स्वास्थ्य शिविर
बिजलपुरा: महोत्तरीको बर्दिबास नगरपालिका-६ किसाननगरमा स्वास्थ्य शिविर आयोजन गरिएको छ । जनएकता आधारभूत विद्यलायमा शिविर आयोजन गर्दै विद्यालयका विद्यार्थी र स्थानीयको दाँत, आँखा जाँच गर्दै ब्लगु्रप पनि छुट्याइएको छ ।
बिरामीलाई आवश्यक परेको औषधी पनि वितरण गरिएको थियो । बच्चाहरुलाई दाँत माझ्ने ब्रस र पेस्टसमेत वितरण गरिएको ब्लड फर नेपालका सदस्य इन्द्रजीत सिंहले जनाए । नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दिबासले शिवर चलाएको थियो ।
बर्दिबास नगरपालिकाकी उपमेयर तारा देवी महतोले ग्रामीण भेगमा चलिरहेको स्वास्थ्य शिविरले विपन्न समुदायका महिला, बालबालिका, वृद्धवृद्धालाई सहयोग पुगेको बताइन् ।
विद्यालयका प्रधानाध्यापक शिवनाथ साह सहयोगी संस्थाहरुले रचनात्मक काम गर्दा स्थानीयलाई खुशी मिलेको बताए । उनले भने, ‘प्रत्यके विद्यार्थीको आँखा र दाँत जाँच भयो । ब्लड गु्रप छुट्इयो । मधेसमा इमेर्जेन्जी परेको बेलामा मात्रै ब्लगु्रप थाहा हुन्छ ।’
रेडक्रस बर्दिबासका सभापति सुदीप कार्कीले विद्यालयका बालबालिका र गाउँलेहरुलाई लक्षित गर्दै गाउँ—गाउँमा स्वास्थ्य शिविरको अभियान चलाइएको बताए । उनले भने, ‘ जहाँ विपद्, त्यहाँ रेडक्रस पुग्छ । यो काममा सहयोगी हात बढ्दै गइएको छ । ’