इतिहासकार ज्ञानमणि नेपालको निधन
काठमाडौं : इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारको क्रममा मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।
उनी मुटुको समस्याबाट ग्रसित थिए।
ज्ञानमणि नेपालले 'नेपालको महाभारत', 'नेपालनिरुपण', 'नेपाल निरुक्त', 'यात्रा त्रयी', 'नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष' जस्ता पुस्तक लेखेका छन्।
नेपालका हाल २ छोरा छन् । उनकी श्रीमतीको पनि केही समय पहिला नै मृत्यु भइसकेको छ।
यो पनि पढ्नुहोस